logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उत्तर कोरियाले हान्यो दुई ब्यालिस्टिक मिसाइल


अंकुरण खबर
1.326K
Shares

उत्तर कोरियाले आइतवार कोरियाली प्रायद्वीपको पूर्वी तटबाट समुद्रतर्फ दुई वटा ब्यालिस्टिक मिसाइल हानेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाको सेनाले यसबारेको जानकारी दिएको हो।

जापानका उप विदेशमन्त्री तोशिरो इनोले उत्तर कोरियाले हानेका यी दुवै ब्यालिस्टिक मिसाइल जापानको विशेष आर्थिक क्षेत्रबाहिर खसेका छन्।

जापानी रक्षा मन्त्रालयका अनुसार यी मिसाइलले ५५० किलोमिटर ९३४२ माइल० को उचाइसम्म उडान भरे। यसका साथै २५० किलोमिटर ९५३ माइल० को दूरी यी मिसाइलले पूरा गरेका छन्।

जापानी उप रक्षामन्त्रीले बताए अनुसार यी मिसाइलबाट अहिलेसम्म कुनै क्षति भएको विवरण प्राप्त भएको छैन।