फ्रान्सको राजधानी पेरिसमा एक बन्दुकधारीले खुलेआम गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।
गोलीबारीको यो घटना पेरिसको कुर्द सांस्कृतिक केन्द्र नजिक भएको हो।
यो ठाउँ पेरिसको जिया दे लेसट रेलवे स्टेशनबाट टाढा छैन। घटनालगत्तै प्रहरीले संदिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ । अभियुक्तको उमेर ६९ वर्ष रहेको बताइएको छ ।
प्रशासनले घटना भएको क्षेत्रमा नजान सर्वसाधारणलाई अपिल गरेको छ । “मानिसहरू यहाँ आतंकित छन्। हामीले आफूलाई घरमा थुनेका छौं,” एक महिला पसलेले एएफपी समाचार एजेन्सीलाई बताइन्।