इजरायल र प्यालेष्टाइनबीच सार्वभौमिकताको विवादमा रहेको पूर्वी जेरुसलेममा प्रार्थना गर्न भेला भएका यहुदी श्रद्धालुमाथि एक जना प्यालेष्टाइनी बन्दुकधारीले आक्रमण गर्दा सात जनाको मृत्यु भएको छ ।
उक्त आक्रमणमा अरु तीन जना घाइते भएका छन् । नेभ याकोभस्थित प्रार्थनास्थलमा शुक्रबार राति भएको आक्रमणमा उक्त हताहति भएको प्रहरीले जनाएको छ । आक्रमणलाई आतङ्कवादी हमलाको संज्ञा दिइएको छ ।
साथै उसले इजरायललाई उसको सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । शुक्रबार नै राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुलाई फोन गरेर अमेरिका इजरायलको पक्षमा रहेको बताउँदै आक्रमणमा मारिएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।