डुङ्गा चढेर क्युबाबाट अमेरिकाका लागि हिँडेका पाँच जना क्युबाली आप्रवासीको डुबेर मृत्यु भएको छ । डुङ्गा दुर्घटनामा अरु १२ जना बेपत्ता भएका छन् । गम्भीर आर्थिक सङ्कटका कारण अमेरिकातर्फ पलायन भएका उनीहरूको डुङ्गा डुब्दा ज्यान गएको हो ।
शक्तिशाली छालमा डुङ्गा डुबेको जीवितै उद्धार गरिएका व्यक्तिहरूलाई उद्धृत गर्दै क्युबाको आधिकारीक समाचारपत्र क्युबाडेबेटले जनाएको छ । समुद्रबाट तटरक्षकहरूले ११ जनालाई उद्धार गरेका थिए । डुङ्गामा सवार १२ जना अझै हराइरहेका छन् ।