logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युक्रेनलाई एफ-१६ लडाकु जहाज दिन अमेरिकाद्वारा अस्वीकार


अंकुरण खबर
1.768K
Shares

अमेरिकी राष्ट्रपति जो बाइडनले केही दिनअघि युक्रेनलाई हरकिसिमको सहयोग दिन तयार रहेको घोषणा थिए। उनले परिआएमा ठूला हतियार पनि दिन तयार रहेको बताएका थिए।

बाइडेनको यो जवाफ यस्तो समय आएको छ जब जर्मनीले एक दिनअघि युक्रेनलाई लडाकु जहाज पठाउन अस्वीकार गरेको थियो।

युक्रेनले यसअघि नै रुससँग जारी युद्धमा आफ्नो एयर स्पेसमा पकड बनाउन लडाकु जहाजको आवश्यकता रहेको बताइसकेको छ।

बाइडेनले युक्रेनको तर्फबाट एफ-१६ लडाकु जहाज माग गरिरहेको कुरालाई अस्वीकार गर्दै आएका छन्। तर अन्य क्षेत्रमा युक्रेनलाई सैन्य सहयोग भने जारी रहने उनले बताएका छन्।