logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लगातारको ठूलो वर्षाका कारण भारतको नयाँदिल्ली जलमग्न


अंकुरण खबर
1.703K
Shares

लगातारको वर्षाका कारण भारतको राजधानी दिल्ली जलमग्न भएको छ । यमुना नदीमा पानीको सतह ज्यादै बढ्दा धेरै ठाउँमा डुबान भएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यमुना नदीमा जलसतह ४५ वर्षयताकै उच्च भएको बताएका बीबीसीले जनाएको छ । उहाँका अनुसार नदीमा अझै पानीको सतह बढिरहेको छ ।
हरियाणाको हथिनीकुथ बाँधबाट निरन्तर पानी छोडिएकाले दिल्लीमा बाढी आएको हो । बाढीको पानी सडक र वस्ती क्षेत्रमा पस्दा सहर पूरै जलमग्न भएको छ ।