logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनले चन्द्रमामा मानिस पठाउने


अंकुरण खबर
1.417K
Shares

अहिले विश्वले चीनको अन्तरिक्ष योजनालाई अझ गम्भीरताका साथ लिइरहेका छन्।

जबदेखि अमेरिकाको आर्टेमिस मिसन सुरु भएको छ, चन्द्रमाको बारेमा अभियानहरूमा थोरै चर्चाले हलचल सिर्जना गर्दै आएको छ ।

चीनले सन् २०३० सम्ममा चिनियाँ यात्रुहरूलाई चन्द्रमामा लैजाने लक्ष्य राखे पनि यी योजनाबारे नयाँ जानकारीले फेरि एकपटक चिनियाँ अभियानको चर्चा सुरु भएको हो । चीनको नयाँ योजनाले यो देखाउँछ कि चीनले आफ्नो यात्रु अभियानका लागि दुईवटा रकेट प्रक्षेपण गर्नेछ, जसमध्ये एउटा चिनियाँ यात्रुहरू हुनेछन्।
चीनको यो अभियान अमेरिका र रुसको परम्परागत अभियानभन्दा फरक हुनेछ, जसमा दुईवटा रकेटमध्ये एउटामा यात्रु र एउटा अन्तरिक्ष यान चन्द्रमाको कक्षमा जडान गरिने छ। यससँगै सन् २०३० सम्ममा चन्द्रमामा यात्रु पठाउने चीनको लक्ष्यमा कुनै परिवर्तन देखिएको छैन।