इक्वेडरमा राष्ट्रपति पदका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ ।
केही दिनमा हुन लागेको राष्ट्रपति निर्वाचनका लागि प्रचारमा रहेका फर्नान्डो भिल्लाभिसेन्सियोको बुधबार साँझ गोली हानी हत्या गरिएको हो ।
समाचार अनुसार क्विटो शहरमा आयोजित एक चुनावी र्यालीमा सहभागि रहेका बेला एक संदिग्ध व्यक्तिले उनीमाथि गोली हानेका थिए ।