logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानमा वर्षा र बाढीले १४ जनाको ज्यान लियो


अंकुरण खबर
2.444K
Shares

अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ।

मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण एक सय ४० आवासीय घरहरू क्षतिग्रस्त भएका छन् भने दुई हजार भन्दा बढी गाईवस्तुको मृत्यु भएको छ।
टोलो न्युजका अनुसार एक जना बेपत्ता छन्। बाढीले आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

यसैबीच, सार्वजनिक निर्माण मन्त्रालयका प्रवक्ता मोहम्मद अशरफ हक्कसेनसले अफगानिस्तानका बदख्सान, तखर, घोर र नुरिस्तान प्रान्तका केही सडकहरू भूस्खलन र बाढीका कारण अस्थायी रूपमा अवरुद्ध भएको बताएका छन्।

निरन्तरको भारी वर्षाको कारण स्थानीयबासीको धेरै नोक्सानी भएको छ ।

बाढीमा परेर बालबालिकाको मृत्यु भएको, जमिन र पुलहरू नष्ट भएको फराह प्रान्तका एक बासिन्दाले जनाए। बाढीबाट भएको जनधनको क्षतिलाई तत्काल सम्बोधन गर्न सरकारसमक्ष स्थानीयवासीले आग्रह गरेका छन्।