logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

ट्रम्पले भने– ‘इरानसँग शान्ति सम्झौता हुँदैन’


अंकुरण खबर
429
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको अनुमानका बीच आइतबार आफूले अमेरिकी वार्ताकारहरुलाई इरानसँग ‘हतारमा सम्झौता नगर्न’ बताएका छन् ।
वार्ता व्यवस्थित र रचनात्मक ढङ्गले अघि बढिरहेको छ र मैले मेरा प्रतिनिधिहरूलाई कुनै पनि सम्झौता गर्न हतार नगर्न सूचित गरेको छु,’ राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन् । उनले सम्झौता गर्न हतार नगर्न भनेपछि अगाडि लेख्छन्, ‘सम्झौता नभएसम्म, प्रमाणित नभएसम्म र हस्ताक्षर नभएसम्म नाकाबन्दी पूर्ण शक्तिमा र प्रभावमा रहनेछ ।’

गत फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको जवाफमा तेहरानले आर्थिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज हुँदै आवतजावत गर्ने यातायात लगभग रोकेको भन्दै अमेरिकाले अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको घोषणा गरेको छ ।

राष्ट्रपति ट्रम्पको टिप्पणी यस्तो समयमा आएको छ जतिवेला अमेरिका र इरानबीच नयाँ युद्धविराम सम्झौताका लागि खाका तयार भइरहेको समाचार बाहिरिएको छ ।