logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साउदी मूलका क्यानडेलीलाई अमेरिकामा जन्मकैद


अंकुरण खबर
1.092K
Shares

अमेरिकी पत्रकार जेम्स फोली लगायतका बन्धकहरूको टाउको काट्ने समूहको प्रचार गर्ने प्रचारकहरूसँग काम गरेर इस्लामिक स्टेटलाई सहयोग गरेकोको अभियोगमा एक क्यानडेलीलाई अमेरिकाले आजीवन कारावासको सजाय सुनाइएको छ ।

एक अमेरिकी न्यायाधीशले शुक्रबार साउदीमा जन्मेका क्यानडेलीलाई आजीवन कारावासको सजाय सुनाएको हो । टोरन्टोमा हुर्केका ३९ वर्षीय मोहम्मद खलिफाले २०१३ मा क्यानडा छोडेर सिरिया गएका थिए ।

सन् २०१९ मा अमेरिकी समर्थित कुर्दिश फौजले कब्जामा लिनुअघि आईएस समूहको तर्फबाट दुई सिरियाली सैनिकको हत्या गरेको अमेरिकी न्याय मन्त्रालयले  एक विज्ञप्तिमा भनेको छ ।

उनलाई गत वर्ष अक्टोबरमा संघीय अनुसन्धान व्युरोको हिरासतमा सारिएको थियो र डिसेम्बर १० मा विदेशी आतंकवादी संगठनलाई सहयोग गराएकोमा दोषी ठहर गरिएको थियो ।