इरानको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको छ ।
साङगान सहरमा केन्द्रविन्दु बनाएर आज बिहान ५.८ म्याग्नीच्युडको भूकम्प गएको इरानी भू–गर्भ विभागले जनाएको छ ।
भूकम्पका कारण मानवीय सम्पत्ति क्षतिको कुनै विवरण अहिलेसम्म प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।