logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इजरायद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार 


अंकुरण खबर
507
Shares

इजरायलले आइतवार गाजामा प्यालेस्टिनी विद्रोहीसँग इजिप्टको प्रस्तावित युद्धविराममा सहमति जनाएको छ ।

तीन दिनको तीव्र द्वन्द्वपछि इजरायल इजिप्टको प्रस्तावित युद्धविराममा सहमति जनाएको हो । गत वर्ष ११ दिने युद्धले करिब २३ लाख प्यालेस्टिनी बसोबास गर्ने तटीय क्षेत्रलाई ध्वस्त पारेपछि गाजामा भएको पछिल्लो लडाइँ अन्त्य गर्न इजिप्टले सम्झौता गर्न सहयोग गर्ने विश्वास गरिएको छ ।

शुक्रबारदेखि इजरायलले गाजमा इस्लामिक जिहादीका आश्रयमा भारी हवाई तथा तोपखानामार्फत हमला गरेको थियो । जबाफमा लडाकुहरूले सयौँ रकेट प्रहार गरेका थिए । शुक्रबारदेखि भएको हमलामा ६ बालबालिकासहित ३१ प्यालेस्टिनी मारिएका छन् भने २७५ जना घाइते भएका छन् ।

गोलाबारी धेरै भवन ध्वस्त भएका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । दुई इजरायलीहरू छर्राबाट घाइते भएका छन् ।