logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

रुस्दीको हमलाको निन्दा गर्दा जेके रोलिङलाई ज्यान मार्ने धम्की


अंकुरण खबर
1.157K
Shares

सलमान रुस्दीमाथि भएको आक्रमणको निन्दा गर्दै ट्वीटरमा सन्देश पोस्ट गरेपछि बेलायती लेखिका जेके रोलिङलाई ज्यान मार्ने धम्की आएको छ । रोलिङले भनिन्, ‘डरलाग्दो खबर । अहिले धेरै बिरामी महसुस गरिरहेकी छु । उहाँलाई ठीक हुन दिनुहोस् ।’

उनको पोस्टमा एक एक ट्विटर प्रयोगकर्ताले उनलाई ‘चिन्ता नगर्नुहोस्, अब तपाइँको पालो’ लेखेपछि लेखिकाले त्यसको जवाफको स्क्रिनसट पोस्ट गरेकी छिन् । सुरक्षा चिन्ता उठाउँदै रोलिङले यसबारे ट्वीटरलाई रिपोर्टसमेत गरेकी छिन् । ‘सहयोगको कुनै मौका छ ?, उनले सोधेकी छिन् ।

उनीबारे आएको चेतावनीको प्रहरीले अनुसन्धान गरिरहेको छ । यसैबीच, रुस्दीमाथि भएको हमलाको चौतर्फी निन्दा भएको छ ।