logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिरामीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा जेल चलान गरिएका अमेरिकी चिकित्सक मृत फेला


अंकुरण खबर
1.105K
Shares

यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएका एक न्युरोलोजिस्ट सोमबार न्युयोर्क सहरको जेलमा मृत फेला परेका छन् । डा. रिकार्डो क्रुसियानी रिकर्स टापुको जेलको नुहाउने क्षेत्रमा मृत फेला परेका थिए । उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो । उनको मृत्युको कारण भने अझै खुल्न सकेको छैन । तर, आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

क्रुसियानीलाई न्युयोर्क  शहर, फिलाडेल्फिया र न्यु जर्सीका विभिन्न कार्यालयहरूमा आफ्ना बिरामीहरूलाई दुर्व्यवहार गरेको संघीय आरोपमा जनवरीमा मुद्दा चलाउने तयारी थियो । उसलाई अर्को महिना न्युयोर्क राज्यको मुद्दामा पनि सजाय सुनाइने भएको छ ।

६ जना महिलाको उजुरीपछि भएको सुनुवाइमा उनीमाथि  यौन दुव्र्यवहार, बलात्कार र अन्य अपराधहरूमा जुलाई १२ मा दोषी ठहरिएको थियो ।