logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विस्फोटमा पुटिनका निकट सहयोगीकी छोरीको मृत्यु


अंकुरण खबर
871
Shares

राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकको सहयोगी भनी अफवाह फैलाउने एक प्रख्यात रूसी राष्ट्रवादीकी छोरीको मस्को बाहिर एउटा कार–बम विस्फोटमा मारिएकी छिन् । २९ वर्षीया दर्या दुगीनाको शनिबार राति यात्रा गरिरहेकी टोयोटा ल्यान्ड क्रुजरमा विस्फोटक पदार्थ विस्फोट हुँदा मृत्यु भएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

दुगिना अलेक्ज्याण्डर दुगिनकी छोरी हुन् । अलेक्जेन्डरले लामो समयदेखि रुसी भाषा बोल्ने क्षेत्रलाई नयाँ रुसी साम्राज्यको भागको रूपमा एकीकरण गर्न वकालत गरेका छन् । पुटिनको विश्वदृष्टिकोण र युक्रेनप्रतिको दृष्टिकोणलाई आकार दिन उनी प्रभावशाली मानिन्छन् । तथापी, उनको दृष्टिकोणलाई लिएर रुसमा बहस हुने गरेको छ । दुर्घटनाको समयमा उनी बाबुको कारमा चढेकी थिइन् ।

दुगिनालाई व्यक्तिगत रुपमा चिन्ने आन्द्रेई क्रास्नोभका अनुसार आक्रमणकारीले बाबुलाई निशाना बनाउने क्रममा छोरीको ज्यान गएको हुन सक्छ । आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन् । रुसी अखबार रोसीकाया गजेटका अनुसार बाबुछोरी मस्को बाहिर सांस्कृतिक उत्सवमा भाग लिएर फर्किँदै थिए ।