logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, २० जनाको मृत्यु, २६ घाइते


अंकुरण खबर
1.001K
Shares

अमेरिकाको टेक्ससमा भयन्कर ठूलो गोलीबारी भएको छ। टेक्सासको अलपासोको वालमार्ट स्टोरमा भएको गोलीबारीमा २० व्यक्ति मारिएका छन्। टेक्सासका गभर्नर ग्रेग एबाटका अनुसार हमलामा अन्य २६ व्यक्ति घाइते छन्।

प्रहरीले एक संदिग्ध हमालाकारीलाई पक्राउ गरेको बताएको छ। अहिले एफबिआइ र प्रहरीले उक्त क्षेत्रलाई घेरामा राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। तीन व्यवसायिक भवनलाई बन्द गरिएको पनि बताइएको छ।

पक्राउ परेका व्यक्तिको नाम अमेरिक सञ्चार माध्यमले २१ वर्षीय प्याट्रिक क्रुसियस बताएका छन्। जो डलास क्षेत्रमा बसोबास गर्ने गरेको समाचारहरूमा उल्लेख गरिएको छ। गोलीबारी भएको स्थान मेक्सिको सीमाबाट केही माइल दूरीमा रहेको बताइएको छ।

यो घटना एकै जना व्यक्तिले गराएको हुने आशंका व्यक्त गरिएको छ। किनकि सिसिटिभी फुटेजहरूमा एकजना व्यक्ति बन्दुक लिएको देखिएको छ ।