logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाकिस्तानमा बाढीको कहरः अन्तर्राष्ट्रिय सहयोगका लागि सरकारको अपिल


अंकुरण खबर
1.079K
Shares

बाढीले देशैभर विनाश गरेपछि पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्सलगायतका देशले इस्लामाबादलाई सहयोग गरेका छन् । तर, बाढीग्रस्त पाकिस्तानलाई अझै धेरै सहयोग आवश्यक परेको गृह मन्त्रालयले जनाएको छ । बाढीका कारण १ हजार भन्दा बढी मानिस विस्थापित भएको मन्त्रालयका अधिकारी सलमान सुफीले बीबीसीलाई बताए ।

पाकिस्तानको सरकारले जनतालाई मद्दत गर्न सम्भाव्य सबै कदम चालेको उनले बताए । देशको उत्तर–पश्चिममा, खैबर पख्तुनख्वा प्रान्तमा नदीको प्रवाह बढेपछि जारौं मानिस विस्थापित भएका छन् ।

‘हामीले वर्षौंको मिहिनेतले बनाएको घर हाम्रो आँखा अगाडि डुब्न थाल्यो’ २३ वर्षीय जुनैद खानले एएफपीलाई भने ‘हामी सडकको छेउमा बसेर घर डुबिरहेको हेर्योँ ।’ देशको दक्षिण–पूर्वी सिन्ध प्रान्त पनि नराम्ररी प्रभावित भएको छ । हजारौं आफ्नो घरबाट विस्थापित भएका छन् ।