logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युक्रेनको पूर्वी शहर इजियममा ४४० शव फेला


अंकुरण खबर
1.417K
Shares

युक्रेनी अधिकारीहरूले पूर्वी शहर इजियममा ४४० भन्दा बढी शवहरूको सामूहिक चिहान फेला पारेका बताएका छन् ।

उक्त सहर युक्रेनले रूसी सेनाबाट पुनः फिर्ता गरेको थियो । केही व्यक्तिहरू गोलाबारी र हवाई आक्रमणमा मारिएका एक क्षेत्रीय प्रहरी अधिकारीले बताए ।

प्रत्येक शवको फोरेन्सिक अनुसन्धान गरिने खार्किभ क्षेत्रका प्रमुख प्रहरी अन्वेषक सेर्ही बोल्भिनोभले बताए । ति शव निर्दोष सर्वसाधारणको हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो समयमा युक्रेनले यसअघि रुसले कब्जा गरेका महत्वपूर्ण क्षेत्रलाई पुनः फिर्ता गरेको छ ।