logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु


अंकुरण खबर
1.417K
Shares

पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रमा आइतबार सेनाको हेलिकप्टर दुर्घटना भएको छ।

दुर्घटनामा परी ६ जना सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई अधिकृतसमेत रहेका पाकिस्तानी सेनाले बताएको छ।

पाकिस्तानको बालोचिस्तानस्थित हर्नाई नजिकै ‘फ्लाइङ मिसन’को क्रममा उक्त हेलिकप्टर दुर्घटना भएको हो।

अहिलेसम्म विमान दुर्घटनाको कारण भने खुलाइएको छैन। सेनाले यस विषयमा अहिले अनुसन्धानको काम भइरहेको बताएको छ।