logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुकीका अष्ट्रेलियाली सल्लाहकारलाई म्यानमारमा तीन वर्षको जेल सजाय


अंकुरण खबर
1.183K
Shares

म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीका पूर्व सल्लाहकार तथा अष्ट्रेलियाका एक प्राध्यापकलाई सैन्य अधिकारीले तीन वर्षको जेल सजाय सुनाएको छ ।

जुन्ताले सुकीलाई गिरफ्तार गरेको र उनको निर्वाचित सरकारलाई कुद्वारा अपदस्थ गरेको केहीदिन पछि सियान टर्नेललाई फेब्रुवरी २०२१ मा यांगुनमा हिरासतमा राखिएको थियो ।

सुकीसँगै उनलाई आधिकारिक गोप्य ऐन उल्लंघन गरेको आरोप लगाइएको छ । दुबै जनाले उक्त आरोप अस्विकार गरेका छन् । अधिकारवादी समूहहरूले आलोचना गरेको गर्दै आएको उक्त मुद्दामा उनीहरूलाई बिहीबार सजाय सुनाइएको हो । अष्ट्रेलियाले पनि अदालतको निर्णयलाई अस्वीकार गरेको जनाएको छ ।

‘अष्ट्रेलिया सरकारले म्यानमारको सैन्य शासनद्वारा अन्यायपूर्ण रूपमा हिरासतमा राखेको १९ महिनाभन्दा बढी अवधिमा प्राध्यापक टर्नेलविरुद्ध लगाइएको आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ ’, अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले भने, ‘हामी प्रोफेसर टर्नेललाई अष्ट्रेलियामा आफ्नो परिवारमा नफर्केसम्म कडा रूपमा वकालत गर्ने हरेक अवसरलाई निरन्तरता दिनेछौं । ’