अस्ट्रेलियामा गत अक्टोबर महिनायता भीषण डढेलो जारी छ। झाडीमा लागेको आगलागीले त्यहाँ संकटको अवस्था निम्त्याएको छ।
हालसम्म आगलागीका कारण २४ जनाको मृत्यु भइसकेको छ। कम्तिमा ३ हजार घर जलेर नष्ट भएका छन्।
आगलागी विभिन्न राज्यमा जारी रहँदा प्रहरीले २४ जना व्यक्तिलाई डढेलो नलागेको क्षेत्रमा आगो लगाएको आरोपमा पक्राउ गरेको छ। न्यु साउथ वेल्सका विभिन्न क्षेत्रमा उनीहरुले आगो लगाएको सीएनएले जनाएको छ।
उनीहरुलाई आगो सल्काउने अपराधमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो । उनीहरुमाथि कानुनअनुसार कारवाही हुने बताइएको छ।
अहिले उक्त आगलागी नियन्त्रणको लागी प्रहरी र अग्नीनियन्त्रकहरु लागी परिरहेका छन् ।