logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिडविरुद्ध चीनमा प्रदर्शनकारीको जित


अंकुरण खबर
1.352K
Shares

चीनमा सरकारको कोभिड योजना नयाँ चरणमा प्रवेश गरेको छ।

त्यहाँको सरकार जिरो कोभिड नीतिले सङ्क्रमण पनि रोक्न नसक्ने तथा आर्थिक अवस्था पनि खराब हुने भएपछि हार खान थालेको छ। बेइजिङकै उदाहरण हेरौँ।

सङ्क्रमण उल्लेखनीय गिरावट आएको छैन। सार्वजनिक यातायातमा पीसीआर रिपोर्ट अनिवार्यको नियम हटाइएको छ। बार र रेष्टुरेन्ट फेरी खुला हुन थालेका छन्। निर्धारित गरिएका क्वारेनटाइन छाडेर सङ्क्रमित घरमै आइसोलेसनमा बस्नका लागि छुट पाउन थालेका छन्। यी सबै घटनाले चिनियाँ सरकार जिरो कोभिड नीतिबाट हार खाएको प्रस्ट भएको छ।