logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हङकङको आवासीय भवनमा आगलागी, ९२ जनालाई झटपट बाहिर निकालियो


अंकुरण खबर
1.261K
Shares

हङकङको एक आवासीय भवनमा आगलागी हुँदा भण्डै एक सय मानिसलाई बाहिर निकालिएको छ। शनिबार भएको आगलागीका कारण घाइते भएका एक व्यक्तिलाई अस्पताल लगिएको छ।

बिहान सवा ११ बजे मोङ कोकस्थित ४३ डुन्डास स्ट्रिटमा आगलागी भएको थियो। आगोको मुस्लो फैलिएपछि ९२ जनालाई बाहिर निकालिएको थियो।

धुवाँले निसास्सिएर घाइते भएका करिब ४० वर्षका एक व्यक्तिलाई अस्पताल लगिएको छ।

आगलागी भएको हुङ फाइ भवन रेस्टुरेन्ट र हकर स्टलबाट घेरिएको छ। १ बजेसम्ममा त्यहाँको आगो निभाइसकिएको थियो।

अग्नि नियन्त्रण विभागले ८४ जना अग्निनियन्त्रक र १७ वटा दमकल त्यहाँ पठाएको जनाएको छ।

उनीहरुले भवनबाट ८ जनालाई उद्धार गर्नुपरेको जनाएका छन्।

आगलागीको कारणबारे अझै अनुसन्धान भइरहेको छ।