पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा दुई मुलुकका सुरक्षा बलबीच भएको झडपमा परी पाकिस्तानका ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
पाकिस्तानी सुरक्षा बलले भने आफूहरुले आम नागरिकमाथि आक्रमण नगरेको बताएको छ। पाकिस्तानले यस विषयमा तालिबानसँग सम्पर्क गरेको र आगामी दिनमा यस्ता घटना नदोहोरिने ग्यारेन्टि पनि लिएको बताएको छ।
एक महिनाअघि अफगानिस्तानको सीमा क्षेत्रमा भएको यस्तै गोली आक्रमणमा परी एक पाकिस्तानी गार्डको मृत्यु भएको थियो।
पाकिस्तानी सेनाले पाकिस्तानी तालिबानसँग पनि लडिरहेको छ।