logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरियामा आवासीय भवन भत्किँदा १६ जनाको मृत्यु


अंकुरण खबर
1.677K
Shares

सिरियाको अलेप्पो सहरमा रहेको एक आवासीय भवन भत्कँदा १६ जनाको ज्यान गएको छ ।

अलेप्पोमा अमेरिकी समर्थनप्राप्त कुर्दबहुल लडाकु समूह सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफको नियन्त्रणमा रहेको शेख मकसुद क्षेत्रमा अवस्थित पाँचतले आवासीय भवन भत्केको हो ।

उक्त भवनमा ३० जनाको बसोबास रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । यसअघि उक्त भवनको जगमा पानी चुहिने समस्या देखा परेको थियो । सिरियाको सरकार सञ्चालित समाचार संस्था सानाले सो भवनको भग्नावशेषमा अझै केही मानिसहरु पुरिएको आशङ्कामा उद्धारको काम जारी रहेको जनाएको छ ।