अमेरिकामा प्रहरीको निर्घात कुटपिटबाट एक अश्वेत नागरिकको मृत्यु भएको खुलेको छ ।
जनवरी ७ मा अमेरिकाको मेम्फिस सहरमा ती अश्वेत युवकलाई प्रहरीले कुटपिट गरेको थियो । अन्तत: प्रहरी उक्त कुटपिटसँग सम्बन्धित चारवटा भिडियो सार्वजनिक गर्न बाध्य भएको छ । भिडियोहरूमा प्रहरीले उनलाई निर्ममतापूर्वक कुटेको देखिन्छ । लात्ताले हान्ने, बन्दुकको कुन्दाले पिट्ने र निर्मतापूर्वक यातना दिएको भिडियो सार्वजनिक भएसँगै प्रहरीविरुद्ध प्रदर्शन भइरहेको छ ।