logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिलाद्वारा आफ्नै छोराछोरीलाई गोली हानी आत्महत्या


अंकुरण खबर
1.833K
Shares

अमेरिकामा एक महिलाले तीन बालबालिकाको गोली हानी हत्या गरेकी आफू पनि आत्महत्या गरेकी छन्।

ब्रान्डी म्याक्सिलन नाम गरेकी ३९ वर्षीया ती महिलाले दुई छोरा र एक छोराको हत्या गरेकी हुन्। ती बच्चाहरूको उमेर १०, ६ र ११ वर्ष थियो। ओक्लाहोमा राज्यको टुल्सा राज्यमा उक्त घटना भएको हो। ब्रान्डी बच्चाहरूसँग त्यहाँ बस्ने गर्थिन्।

ओक्लाहोमा स्टेट ब्यूरो अफ इन्भेस्टिगेशन (ओएसबीआई) टोलीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। फक्स न्युजका अनुसार घटना बिहीबारको हो। प्रहरी टोली यहाँ गस्तीमा थियो। त्यही क्रममा ती महिलाले गोली चलाएको आवाज प्रहरीले सुनेका थिए। त्यतिबेला दिउँसो करिब चार बजेको थियो।

प्रहरीले अनुसन्धान जारी राखे पनि हालसम्म घटनाको कारण खुलाउन सकेको छैन।