logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

इरानका लागि बेलायती राजदूत पक्राउ


अंकुरण खबर
793
Shares

इरानका लागि बेलायती राजदूत पक्राउ परेका छन् ।

युक्रेनी यात्रुवाहक विमानलाई भुलवश खसालिएको इरानी अधिकारीले स्वीकार गरेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा बेलायती राजदूत पक्राउ परेका बीबीसीले जनाएको छ ।

राजदूत पक्राउ परेको विषयमा बेलायतले अन्तर्रा्ष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको बताएको छ । राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको भन्दै बेलायतका विदेशमन्त्री डोमिनिक राबले कुनै कारणबिना पक्राउ गर्नु अन्तर्रा्ष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको बताउनु भएको हो ।

तर, इरानी सञ्चारमाध्यमले भने राजदूत मकेयरले सरकार विरोधी प्रदर्शनकारीलाई भड्काएको बताएका छन् ।