logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इराकस्थित अमेरिकी सैन्य अड्डामा रकेट आक्रमण, ४ जना घाइते


अंकुरण खबर
1.625K
Shares

एजेन्सी – इराकस्थित अमेरिकी एयरबेसमा फेरि आक्रमण भएको छ।

इराकको अल बलदमा रहेको अमेरिकी एयरबेसमा आठवटा रकेटहरुले आक्रमण भएको बताइएको छ। घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये दुई इराकी अधिकारी र दुई एयरमेन रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

अल बलद बेस अमेरिकी वायुसेनाको मुख्य अड्डा हो। इराकले आफ्नो एफ १६ लडाकू विमान पनि यँही राख्छ।

इरान र अमेरिकाबीच तनाब बढेकै बेला अमेरिकी सैन्य अड्डामाथि हमला भएको हो। समाचार एजेन्सी एएफपीका अनुसार यस  हमलाको कसैले जिम्मेवारी लिएको छैन। यद्यपि अमेरिकाले इरान समर्थित समूहले आक्रमण गरेको आरोप लगाएको छ।