logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइएस समूहका नौ लडाकूद्वारा आत्मसमर्पण


अंकुरण खबर
702
Shares

अफगानिस्तानको पूर्वी प्रान्त कुनारमा इस्लामिक स्टेट्स (आइएस) समूहका नौ लडाकूले अफगान सेनासमक्ष आत्मसमर्पण गरेका सैनिक स्रोतले सोमबार जानकारी दिएको छ ।

आइएसका नौ लडाकूले आइतबार कुनारको प्रान्त मानोगे जिल्लामा अफगान राष्ट्रिय सेनासमक्ष आत्मसमर्पण गरेका छन् ।

हालका केही महिनायता १३ सय भन्दा बढी आइएस लडाकू समूहले हातहतियारसहित कुनार र छिमेकी प्रान्त नान्गाहार स्थानीय सरकारी अधिकारीहरुसमक्ष आत्मसमर्पण गरेका जारी विज्ञप्तिमा जनाइएको छ ।