logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेक्सिकोमा भेटिए थप २९ शव


अंकुरण खबर
2.002K
Shares

मेक्सिकोमा सामूहिक चिहान रहेको ठाउँबाट थप २९ वटा शव निकालिएको छ । देशको पश्चिमी शहर गुआडालाजरामा ती शवहरू भेटिएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

संगठित अपराध गर्नेहरूबाट क्रुर हत्याको घटना भएको जनाइएको छ । त्यस ठाउँबाट गत नोभेम्बरदेखि अहिलेसम्म कुल ८० वटा शव निकालिएको अधिकारीहरूले जनाएका छन् ।

स्थानीय अनुसन्धानकर्ताहरूका अनुसार मृत्यु भएकामध्ये चार जनाको शव मात्र आंशिक रूपमा चिन्न सकिने अवस्थामा रहेको छ ।

अहिले शव निकालिएको ठाउँदेखि २ सय ६० फिट टाढा पर्ने अर्को ठाउँमा पनि सामुहिक चिहान भेटिएको थियो । त्यस ठाउँबाट गत डिसेम्बरमा कम्तीमा ५० भन्दा बढी शवहरू निकालिएको थियो ।

मेक्सिकोका विभिन्न ठाउँमा सामूहिक चिहान भेटिएका छन् भने ती ठाउँबाट सयौंको शवहरू निकालिएको छ । अरू पनि शवहरू खोज्ने र निकाल्ने क्रम चलिरहेको अधिकारीहरूले जनाएका छन् ।