logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रम्पमाथिको महाअभियोगबारे सिनेटमा बहस जारी


अंकुरण खबर
1.326K
Shares

अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोगमा लगातार बहस भइरहेको छ । सिनेटमा महाअभियोगको सुनुवाई जारी रहेका बेला सिनेटरहरु निदाएको तथा गेम खेलेको आरोप छ ।

लामो समय लगातार चलेको बहसको क्रममा सिनेटरहरुले निदाउने तथा गेम खेल्नुका साथै अरु नियमहरु पनि तोडेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

सिनेटरहरुले गम्भीर मुद्दामा सुनुवाई भइरहेका बेला स्कूले विद्यार्थी सरह व्यवहार गरेको आरोप अमेरिकी सञ्चारमाध्यमले लगाएका छन् । सिनेटमा हुने बहस आउँदो हप्ता समाप्त हुने अपेक्षा छ ।

सिनेटमा राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनको बहुमत छ । १०० सिटको सिनेटमा ५३ रिपब्लिकन सिनेटर छन् । महाभियोग माथिल्लो सदनबाट पास हुनका लागि दुई तिहाइ मत चाहिन्छ । महाअभियोग पास भएमा ट्रम्प बर्खास्त हुने छन् । तर त्यो सम्भावना देखिँदैन । एजेन्सी