logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अभिनेत्री अदालतको बयानमा भनिन्, त्यो बेला मलाई निर्दयीरुपमा बाँधेर बलात्कार गरियो


अंकुरण खबर
1.69K
Shares

विश्व चर्चित अमेरिकी अभिनेत्री एनाबेला सिओराले आफुमाथी अमानवीय रुपमा बलात्कार भएको बयान अदालतलाई दिएकी छिन् ।

एनाबेलाले आफुमाथी हार्वी वाइन्स्टिनले निर्दयी तवरमा बलात्कार गरेको भन्दै मुद्दा दायर गरेकी थिइन । मुद्दामा उनले अमेरिकी अदालतलाई बयान दिएकी छन् ।

एनाबेलाले वाइन्स्टिनले आफूलाई अति गम्भीर रुपमा बलात्कार गरेको बयान दिएकी छिन् । ‘हलिउड निर्माता वाइन्स्टिनले २५ वर्षअघि मलाई आफ्नै घरमा बलात्कार गरे,  त्यो पनि अमानवीय रुपमा,’ यौनदूराचारको मुद्दा सुनुवाईको क्रममा अदालतमा उपस्थित भएर अभिनेत्री एनाबेलाले बयानमा भनिन् ‘मलाई बाँधेर उनले बलात्कार गरेका थिए ।

वाइन्स्टिन जबरजस्ती आफ्नो अपार्टमेन्टमा पसे र त्यहाँ मलाई पहिले आक्रमण गरेपछि बाँधेर बलात्कार गरे । तर उबाट फुत्किन मुक्का प्रहार गरेँ, किक हानेँ, तर सफल भइन बलात्कृत भएँ ।’

उता वाइन्स्टिनले भने आफुमाथी लागेका सवै आरोपहरु अस्वीकार गर्दै आएका छन् । यौनसम्बन्ध भएको हो तर सहमतिमा हो, बलात्कार होइन, अदालतको बयानमा उनले भनेका छन् ।

वाइन्स्टिनमाथि जेसिका मान नाम गरेकी अर्की महिलाले पनि बलात्कारको अभियोग लगाएकी छन् । सन् २०१३ मा वाइन्स्टिनले आफूलाई बलात्कार गरेको उनको भनाई छ । यस्तै मिमी हेलिआईले वाइन्स्टिमाथि दबाबमा यौन सम्बन्ध कायम गर्न बाध्य पारेको अभियोग लगाएकी छन् । एजेन्सी