logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आलिया र रणवीरको विवाह पक्का


अंकुरण खबर
858
Shares

बलिउडका दुई कलाकार आलिया भट्ट र रणवीर कपुरको विवाह पक्का भएको छ।

यी दुबैको विवाह यसै वर्ष हुने पक्का भएको भारतीय मिडियाले जनाएका छन्। तर, यी दुबैले बिवाहको विषयमा कुनै आधिकारिक धारणा भने सार्वजनिक गरिसकेको छैनन्।

दुबैले पहिलो पटक एकसाथ अभिनय गरेको फिल्म ‘ब्रह्मास्त्र’ हो। जसको सुटिङ चलिरहेको छ। फिल्म अभिनयको सिलसिलमा उनीहरु एकअर्कोको झन् नजिक भएका छन्।

केही भारतीय मिडियाले फिल्म युनिटका सदस्यलाई उद्घृत गर्दै आलिया र रणवीर बिवाहको तयारीमा जुटेको समाचार समेत बनाएका छन्। समाचारमा उनीहरु हनिमुन डेष्टिनेशनको खोजिमा रहेको समेत उल्लेख गरिएको छ।