logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उडिरहेको विमानमा यात्रुले आफूलाई कोरोना भाइरस भएको बताएपछि…


अंकुरण खबर
1.352K
Shares

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसका कारण यतिबेला पूरै विश्व त्रसित बनेको छ।

कोरोना भाइरसको संक्रमण फैलिएसँगै सामाजिक सञ्जालमा विभिन्न अपवाह पनि फैलिरहेका छन्। यसै क्रममा विमान उडिरहेका बेला एक व्यक्तिले आफूलाई कोरोना भाइरस भएको बताएपछि हंगामा मच्चिएको छ।

आकासमा विमान उडिरहेका बेला एक व्यक्तिले आफूलाई कोरोना भाइरस भएको भन्दै स्वर मच्च्याउन थालेपछि विमानको आपतकालिन अवतरण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उक्त बिमानले क्यानडाको टोरन्टोबाट जमैकाको मोन्टेगोका लागि उडान भरेको थियो। ती व्यक्तिले विमानमा हल्ला गर्न थालेपछि विमान बीचबाटै फर्किएको समाचारमा जनाइएको छ।

२९ वर्षीय युवकको नाटक 

उक्त विमानमा २९ वर्षीय एक क्यानेडियन युवक पनि चढेका थिए। उनले विमान उडिरहेका बेला आफूलाई घातक कोरोना भाइरसको संक्रमण भएको बताए। युवकका कारण विमानमा त्रास पैदा भएको बताइएको छ। विमानमा त्रास मच्चिएपछि पायलटले विमान फर्काएर आकस्मिक अवतरण गरे।

पछि पायलटलाई थाहा भयो की ती व्यक्तिले नाटक गरेका रहेछन्। त्यसपछि उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जनाइएको छ।