logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसबाट अमेरिकी नागरिकको मृत्यु


अंकुरण खबर
1.014K
Shares

नोवेल कोरोना भाइरसको संक्रमणबाट हुबेई प्रान्तको राजधानी वुहानमा ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको छ।

आइतबार बेइजिङमा रहेको अमेरिकी राजदूतावासले ती अमेरिकी नागरिकको मृत्यु भएको जानकारी दिएको हो। नोवेल कोरोनाको संक्रमणबाट पहिलो गैर–चिनियाँको मृत्यु भएको रोयटर्सले जनाएको छ।

यस भाइरसको संक्रमणबाट हालसम्म ८१३ जनाले ज्यान गुमाइसकेका छन्। मृतकहरु धेरैजसो चीनको वुहान र वरिपरि शहरका रहेको बताइएको छ। चीन बाहिर फिलिपिन्समा पनि एक चिनियाँ नागरिकले ज्यान गुमाइसकेका छन्।

यो भाइरस अहिले २७ राष्ट्रमा फैलिसकेको छ भने फ्रान्समा रहेका पाँच बेलायती नागरिकमा पनि भेटिएको छ।