‘बिग बोस सिजन १३’ को प्रतियोगी हिमान्सी खुरानाले चकलेट डे को अवसरमा एक विशेष ट्वीट सेयर गरेकी छन् ।
हिमान्सीले यतिबेला घरबाट बेघर भइसकेकी छन् । तर उनले बिग बोसकमा बिताएको एक विशेष पल सेयर गरेकी छन् । बिग बोस प्रतियोगीको रुपमा आएका आशिम रियाज र हिमान्सी खुरानाको प्रेमको चर्चाले मिडिया निकै तताएको छ ।
बिग बोसको घरमा प्रेममा परेका यी दुई जोडीले अन्तराष्ट्रिय मिडिया मार्फत नै प्रेम स्वीकारेका छन् । घरबाट बेघर भएपछि नी फेरी घरमा गएकी हिमान्सीलाई आशिमले प्रपोज मात्र गरेनन् विवाहको लागि प्रस्ताव राखेका थिए । घरबाट बेघर भए पनि बाहिर आएर हिमान्सीले आशिमकै सर्पोट गरिरहेकी छन् ।
हिमान्सीले ट्वीटमा लेखेकी छन् ‘ह्याप्पी चकलेट डे ,म एक कुरा सेयर गर्न चाहन्छु । जब म बिग बोसको घरबाट बाहिर आएँ त्यही बेला मेरो मेकअप किट ढिला आएको थियो । मेरो मेकअपको किटमा मेकअप थिइन । एउटा कागज थियो जसमा लेखिएको थियो ह्याप्पी चकलेट डे यो तिम्रो मजनुको तर्फबाट ।’
आशिमले बिग बोसमा राम्रो खेलिरहेको छ । एलिड क्लबको पहिलो सदस्य भएको कारण उनको चर्चा निकै बढेको छ । उनलाई साथ र सर्पोट गर्ने फ्यानहरुले धेरै भोट गरिरहेका छन् । एजेन्सी