logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेनाले संसद कब्जा गरेपछि…


अंकुरण खबर
1.521K
Shares

मध्यअमेरिकी देश एल साल्भाडोरका सेनाले संसद भवन कब्जा गरेका छन्। आफ्नो माग पुरा गर्नुपर्ने भन्दै हतियारसहित सेना संसदमा छिरेको बीबीसीले जनाएको छ।

अधिकारीहरुका अनुसार सेनाले आफूलाई राम्रो हतियारको व्यवस्था गर्नुपर्ने भन्दै १०९ मिलियन अमेरिकी डलरको ऋण विधेयक पारित गर्नुपर्ने माग गरेका छन्।

राष्ट्रपति नायिक बुकेलीले संसदमा सम्बोधन गर्ने क्रममा ठूलो संख्यामा सेनाहरु संसद पसेको जनाइएको छ।

सांसदहरुले यतिबेला सेनाको यस कार्यको विरोध गरेका छन्।

एल साल्भाडोरमा अपराध जन्य घटनाहरु दोहोरिरहन्छन्। सेना र प्रहरीभन्दा अराजक समूहको हतियार अत्याधुनिक हुने गरेको सेनाको भनाइ छ।

उनीहरुको सामना गर्न सेनाले राम्रो हतियारको माग गर्दै आएको छ। उक्त ऋण विधेयक पारित भए सेना र प्रहरीले राम्रा हतियार पाउनेछन्।