logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तालिवानको कब्जामा रहेका १७ जनाको उद्धार


अंकुरण खबर
2.171K
Shares

अफगान विशेष सुरक्षा बलको एक टोलीले अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा जारी राखेको एक कारबाहीका क्रममा १८ जना मुक्त भएका छन् ।

तालिवानी लडाकू समूह लुकेर बसेको एक स्थानलक्षित सो कारबाहीको क्रममा तालिवान लडाकू समूहले कब्जा गरेका १८ व्यक्तिलाई मुक्त गरिएको नायव गभर्नर कुदरतुल्लाह सफीले बताए ।

स्थानीय समयाअनुसार सोमबार बिहान २ बजेबाट सो सुरक्षा कारबाही सुरु भएको सफीले बताए । यस कारबाहीको विषय तालिवानी लडाकू समूहले कुनै पनि टिप्पणी गरेका छैनन् । एजेन्सी