logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिड १९ (कोरोना भाइरस) बाट दुई हजार बढीको मृत्यु


अंकुरण खबर
780
Shares

कोभिड १९ नाम दिइएको नोबेल कोरोना भाइरसबाट मेनल्याण्ड चीनमा मृत्यु हुनेको संख्या २ हजार १० जनाले ज्यान गुमाएका छन् भने ७५ हजार १ सय ९९ जना संक्रमित भएका छन् ।

चीनमा पछिल्लो समय संक्रमित भई उपचार पछि १४ हजार ५ सय ३२ जना घर फर्केका छन् । मंगलबार निको हुनेहरूको संख्या पनि बढेको छ। हिजोमात्र १८ सय २४ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन्।

गत डिसेम्बरदेखि हुवेईको राजधानी वुहानको एउटा बजारबाट सुरू भएको उक्त भाइरसलाई सुरूमा नोवेल कोरोनाभाइरस  भनिएको थियो।  पछि अधिकारीहरूले यसलाई कोभिड– १९ नाम दिएका थिए। एजेन्सी