logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ बर्ष जेल सजाय


अंकुरण खबर
962
Shares

दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ(बाकलाई भ्रष्टाचार मुद्दामा १७ वर्ष जेल सजाय सुनाइएको छ ।

ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन माग दाबी गर्दै दायर मुद्दालाई पुनरावेदन अदालतले यसअघिकै निर्णय सदर गरिदिएपछि म्यूङ(बाकले १७ बर्षको जेल सजाय नै पाउने भएका छन ।

सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका ली म्यूङलाई सन् २०१८ मा जेल हालिएको थियो। उनलाई त्यसबखत १५ वर्षको जेल सजाय र एक करोड १० लाख अमेरिकी डलर जरिवाना तोकिएको थियो।

तर अदालतमा अपिल गरेपछि उनलाई तारेखमा छाडिएको थियो। सियोलस्थित जिल्ला अदालतमा बुधबार भएको सुनुवाईका क्रममा अदालतले विगतभन्दा बढी सजाय सुनाएको हो।

आफ्नो शासनकालमा राष्ट्रपति म्यूङले जेलमा परेका सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन–हीलाई जेलबाट छुटाउन घुस लिएर माफी दिएको आरोप लाग्दै आएको थियो ।