logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अवैध सम्बन्ध राखेको आशंकामा पत्नीको गुप्ताङ्ग सुपरग्लुले टालिदिएपछि…


अंकुरण खबर
1.144K
Shares

एक व्यक्तिले अवैध सम्बन्ध राखेको आशंकामा आफ्नी पत्नीको यौनाङ्ग सुपर ग्लुले टालिदिएका छन् । पतिको यस्तो व्यवहारपछि छटपटाएकी ती महिलालाई उनका छिमेकीले उद्दार गरेर उनलाई अस्पतालमा भर्ना गरेका थिए ।

अफ्रिकी मुलुक केन्यामा उक्त घटना भएको हो । उनको अवस्था गम्भीर भएको बताइएको छ । डेली स्टारको रिपोर्टका अनुसार ३६ वर्षीय डेनिस मुमो मानसिक रुपमा बिरामी छन् । उनले आफ्नी पत्नीको मोबाइलमा केही म्यासेज र तस्बिरहरु देखेका थिए । उनले त्यसलाई नै आधार मानेर पत्नीको अवैध सम्बन्ध भएको आशंका गरेका थिए ।

केन्याको एउटा सानो गाउँमा कितुईमा रहने मुसो मजदुर हुन् । उनी कामको सिलसिलामा घरबाट टाढा बस्ने गर्थे । उनका अनुसार उनकी पत्नीले उनी घरमा नभएको समयमा परपुरुषसँग सम्बन्ध राख्ने गरेको उनको दाबी छ ।

उद्दारकर्ताहरुका अनुसार उनले उनकी पत्नीलाई बाँधेर उनको यौनाङ्गमा सुपरग्लुले टालिदिएका थिए । र उनी फरार भएका थिए । रिपोर्टका अनुसार जब एक जना छिमेकीले उनलाई समाउने कोसिस गरेका थिए । तर उनलाई कुटपिट गरी उनी फरार भएका थिए ।

यद्यपि,आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनले प्रहरी समक्ष आफ्नो गल्ती स्वीकारेका छन् । स्थानीय मिडियाका अनुसार मुसोले आफ्नी पत्नीको दोषको प्रमाण दिएका छन् ।

उनले चार पुरुषहरुले पत्नीलाई पठाएका म्यासेज र तस्बिर सार्वजनिक गरेका छन् । प्रहरीले मुसोमाथि घरेलु हिंसाको आरोप लगाएको छ । उनकी पत्नीको प्रजनन अंगमा गहिरो चोट लागेको छ । उनको उपचार भइरहेको भए पनि उनमा बाँझोपनको समस्या आउन सक्ने डाक्टरहरुले बताएका छन् ।