logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीको राजीनामा स्वीकृत, आमा सोनिया गान्धी अन्तरिम अध्यक्ष


अंकुरण खबर
3.835K
Shares

भारतीय कांग्रेसले अध्यक्ष राहुल गान्धीको राजीनामा स्वीकृत गरेको छ । शनिबार बसेको कांग्रेस कार्यसमितिको बैठकले राहुलको राजीनामा स्वीकृत गर्दै पुनः सोनिया गान्धीलाई अन्तिरिम अध्यक्ष चुनेको हो ।
सोनिया भारतीय कांग्रेसमा सबैभन्दा लामो समयसम्म अध्यक्ष बनेकी नेतृ हुन् । अर्को अध्यक्ष नचुनिएसम्म अब पार्टीको नेतृत्व सोनियाले नै गर्नेछिन् ।
लोकसभा चुनाव २०१९ मा कांग्रेस पराजित भएपछि राहुलले नैतिकताको आधारमा पार्टीमा राजीनामा बुझाएका थिए । तर, तत्काल उनको राजीनामा स्वीकृत गरिएको थिएन् ।
कार्यसमितिको बैठकमा नेताहरुले राहुललाई राजीनामा पत्र फिर्ता लिन भनेका थिए, तर राहुलले नमानेको बीबीसीले जनाएको छ ।

कांग्रेस कार्यसमितिको बैठकमा जम्मु कश्मीरको विशेष राज्यको दर्जा खोसिएको विषयमा पनि छलफल भएको थियो । बैठकपछि राहुलले जम्मु कश्मीरको पछिल्लो अवस्थाबारे जानकारी दिन प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको बताएका थिए ।