logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण सेयर बजारमा २००८ यताकै ठूलो धक्का


अंकुरण खबर
1.365K
Shares

कोरोना भाइरस प्रकोपका कारण विश्वभरका सेयर बजारमा सन् २००८ को आर्थिक संकटयताकै सबैभन्दा ठूलो गिरावट आएको छ।

एसिया, युरोप र अमेरिका सबैतिर सेयर कारोबारमा धक्का पुगेको छ। अमेरिकी सेयर बजार डाउ जोन्स ४.४ प्रतिशतले झरेको छ भने बेलायती एफटीएसई १०० इन्डेक्स ३ प्रतिशत।

एसियाली बजारमा झनै ठूलो गिरावट छ।

पछिल्लो समय चीनबाहेकका मुलुकमा पनि कोरोनाको प्रकोप बढ्न थालेपछि लगानीकर्ताहरु चिन्तित भएका हुन्।

कोरोना भाइरस अहिले अन्टार्कटिकाबाहेक सबै महादेश पुगिसकेको छ। चीनबाहेक खासगरी इरान, दक्षिण कोरिया र इटली सबैभन्दा बढी प्रभावित भएको छ। एजेन्सी