logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कोरोना संक्रमणबाट इरानमा एक खेलाडीको मृत्यु


अंकुरण खबर
884
Shares

कोरोना संक्रमणबाट इरानमा एक खेलाडीको मृत्यु भएको छ ।

इरानको राष्ट्रिय टिमबाट फुटसल खेलिसकेकी २३ वर्षीय एल्हाम शेइखको उपचारको क्रममा मृत्यु भएको त्यहाँको न्युज एजेन्सी रोखनाले जनाएको छ ।

उनी १० दिनअघि इरानको कोम हस्पिटलमा भर्ना भएकी थिइन् र उपचारको क्रममा बुधबार निधन भएको हो ।

इरानमा कोरोनाको संक्रमण बढीरहेको छ । अहिलेसम्म २४५ जनामा कोरोना संक्रमण देखिएको छ भने २६ जनाको मृत्यु भइसकेको छ ।