logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाभाइरसबाट अस्ट्रेलियामा पहिलो पटक एक व्यक्तिको मृत्यु


अंकुरण खबर
819
Shares

अस्ट्रेलियामा नोबेल कोरोना (कोभिड–१९) भाइरसबाट पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ ।

जापानमा क्वारेन्टाइनमा राखिएको डायमण्ड प्रिन्सेस पानी जहाजबाट उद्धार गरिएका ७८ वर्षीय वृद्धको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्ट्रेलिया सरकारले पुष्टि गरेको छ ।

कोरोनाभाइरसको संक्रमणबाट अस्ट्रेलियामा मृत्यु भएको यो पहिलो घटना हो ।

कोरोनाबाट मृत्यु भएका ती वृद्धको परिचय भने खुलाइएको छैन । पर्थ स्थित सर चार्ल्स ग्राइड्नर अस्पतालमा आसियूमा राखेर ती व्यक्तिको उपचार गरिदैं आइएको थियो ।

ती वृद्धलाई पत्नीसहित डार्विन क्वारेन्टाइन क्याम्पबाट अस्पताल लगिएको थियो ।

उनकी पत्नीमा पनि परिक्षणका क्रममा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई पनि सुरक्षित तवरले उपचार गरिदैं आइएको छ ।