logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल आइपुगिन् मिस वर्ल्ड २०१९ विजेता टोनी


अंकुरण खबर
1.599K
Shares

मिस वर्ल्ड २०१९ की विजेता टोनी–एन सिंह नेपाल आइपुगेकी छन्।

उनी आज दिउँसो मध्यान्ह त्रिभुवन विमानस्थलमा ओर्लिएकी हुन्। उनीसँगै मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन्। उनीहरु संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा नेपाल आइपुगेका हुन्।

गत जनवरीमा मिस नेपाल आयोजक हिडेन ट्रेजरले जुलिया मोर्ले र मिस वल्र्ड विजेतालाई उसको २५ औं वार्षिकोत्सवमा निमन्त्रणा गरेको थियो। नेपाल भ्रमणका क्रममा मिस वर्ल्ड अर्गनाइजेसन समूहले नेपालमा मिस वल्र्ड २०२० को आयोजना गर्ने सम्भावनाको अध्ययन गर्ने छ। दुई संस्थाबीच २३ वर्षदेखिको सुमधुर सम्बन्ध रहँदै आएको छ ।

३ दिने भ्रमणमा आएको मिस वर्ल्ड अर्गनाइजेसनको टोलीले मकवानपुर र सिन्धुपाल्चोक जिल्लासमेत भ्रमण गर्ने जनाइएको छ । मिस वर्ल्ड अर्गनाइजेसनको टोली सात मार्चमा स्वदेश फर्किनेछ।