इटालियन सरकारले इटालियन ओलम्पिक कमिटलिाई सम्पूर्ण खेल गतिविधि रोक्न आदेश दिएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि इटाली सरकारले सम्पूण खेल गतिविधि अप्रिल ३ सम्म स्थगित गर्न आदेश दिएको हो ।
यससंगै बन्द रंगशालामा हुने भनिएका सिरी एका खेलहरू पनि स्थगित भएका छन् । तर इटालीको क्लब र राष्ट्रिय टिमले भने अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न पाउनेछन् ।
इटाली सरकाले खेलाडीको स्वास्थ्यलाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको जनाएको हो । धेरै जनसंख्यामा कोरोना भाइरसको संक्रमण देखिएको राष्ट्रमध्येको इटाली पनि एक हो । इटालीमा करिब ९ हजारमा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । जसका कारण ४ सय ५० मानिसले ज्यान गुमाएका छन् । एजेन्सी