logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अस्ट्रेलियामा कोरोनाभाइरस संक्रमितको संख्या १०० पुग्यो


अंकुरण खबर
1.235K
Shares

एजेन्सी – अस्ट्रेलियामा मंगलबार एकै दिन २० नयाँ कोरोनाभाइरस संक्रमित भेटिएसँगै देशभर संक्रमितको संख्या १०० पुगेको छ ।

स्वास्थ विभागले एक विज्ञप्ति जारी गरेर यसको सूचना दिएको हो । पहिचान भएका संक्रमितमध्ये २२ जना उपचार भएर निको भएका छन् भने तीनको मृत्यु भएको छ ।

अष्ट्रेलियाको कुल संक्रमणमा दश संक्रमित र एक मृत्यु भने डाइमण्ड प्रिन्सेससँग सम्बन्धित छन् ।

राज्यस्तरमा अष्ट्रेलियाको संक्रमणको अवस्था यस्तो छः

५४ संक्रमित न्यु साउथ वेल्समा

१२ संक्रमित क्वीन्सल्याण्डमा

६ संक्रमित साउथ अष्ट्रेलियामा

२ संक्रमित तास्मानियामा

१२ संक्रमित भिक्टोरियामा

४ संक्रमित वेस्टर्न अष्ट्रेलियामा

१० संक्रमित डायमण्ड प्रिन्सेस क्रुज जहाजमा